+
+
Shares

नेपाल समूहका युवा संघले १० हजार स्वयम सेवक परिचालन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १७ गते १२:२३

१७ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूह निटक युवा संघ नेपालले कोरोना रोकथामका लागि देशभर दश हजार स्वयम सेवक परिचालन गर्ने भएको हो ।

केन्द्रीय कार्यालय बबरमहलमा बसेको केन्द्रीय कार्यालय कमिटीको बैठकले स्वयम् सेवक परिचालन गर्न केन्द्रीय समन्वय कमिटीले संयोजन गर्ने प्रवक्ता सञ्जीव राईले बताए ।

संघका उपाध्यक्ष नितेश पौडेलको संयोजकत्वमा संयोजन कमिटी बनेको छ । उक्त कमिटीमा केन्द्रीय स्वास्थ्य विभाग, युवा शक्ति विभाग, जनस्वयंसेवक विभाग, बागमती प्रदेश इन्चार्ज, सह-इन्चार्ज र अध्यक्ष, प्रचार विभाग, कार्यालय विभाग, आर्थिक विभाग, गैरभौगोलिक प्रदेश कमिटीका ईञ्चार्ज, सहईञ्चार्ज र अध्यक्ष रहने छन् ।

देशभर परिचालित हुने युवाहरुले कोरोना विरुद्ध रोकथामबारे आमनागरिकलाई सचेत गराउने र उपचार नपाइरहेका संक्रमितहरुलाई समन्वय गर्ने प्रवक्ता राईले बताए । संघले कोरोना रोकथाम तथा उपचारका क्रममा अनियमितता र भ्रष्टाचार हुन नदिन खबरदारी पनि गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?