Comments Add Comment

खोप अभावपछि मुम्बइका सबै खोप केन्द्रहरु तीन दिनका लागि बन्द

१७ वैशाख, काठमाडौं । भारतको वित्तीय सहर मुम्बइमा कोरोना भाइरस (कोभिड–१९) को खोप अभियान चलाइरहेका सबै  केन्द्रहरु तीन दिनका लागि बन्द भएका छन् ।

मुम्बइका स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोनाको खोपको अभावको कारण शुक्रबारदेखि तीन दिनका लागि  सबै खोप केन्द्रहरु बन्द भएका हुन् ।

भारतमा गत फेब्रुअरीको अन्तिमयता ७७ लाख नयाँ संक्रमित थपिइसकेका छन् । कोरोना संक्रमणको दोस्रो लहरको कारण भारत अहिले गम्भीर संकटमा परेको छ। जसको कारण औषधि, अक्सिजन, आईसीयू बेडजस्ता स्वास्थ्य सामग्रीको अभाव देखिएको छ ।

यसका साथै भारतको कोरोना खोप अभियान निकै सुस्त गतिमा अघि बढिरहेको आरोप पनि लाग्दै आएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले मे १ देखि सबै वयस्क नागरिकहरुलाई कोरोना खोप लगाउन सुरु गर्ने तयारी गरेको छ । अहिलेसम्म भारतको समग्र जनसंख्याको ९ प्रतिशत मानिसले मात्र कोरोनाको खोप लगाएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment