Comments Add Comment

उपत्यकामा एकै दिन झण्डै तीन हजार जना संक्रमित

१७ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन झण्डै तीन हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३३ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा हाल ९०१ जना विभिन्न अस्पतालको आइसोसलनमा उपचाररत छन् । जसमध्ये ११६ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment