Comments Add Comment

धनगढीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

१७ वैशाख, धनगढी । धनगढीको कोभिड-१९ अस्थायी अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पताल मातहतको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको बर्दगोरिया गाउँपालिका-५ की ४० वर्षीया महिलाको मृत्यु भएको हो ।

अस्पतालका अनुसार उनीमा कडा खालको निमोनिया थियो । वैशाख १५ गते अस्पताल भर्ना भएकी उनको आईसीयूमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment