Comments Add Comment

दैलेखमा कोरोना संक्रमित गर्भवतीको मृत्यु

प्रतीकात्मक तस्वीर

१७ वैशाख, सुर्खेत । दैलेखमा कोरोना संक्रमित एकजना गर्भवतीको मृत्यु भएको छ । दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीका अनुसार जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा नारायण नगरपालिका–३ की २७ वर्षीया महिलाको शुक्रबार दिउँसो मृत्यु भएको हो । मृत्युपछि गरिएको परीक्षणमा महिलामा संक्रमण पुष्टि भएको उनले बताए ।

१०८ जना सक्रिय संक्रमित रहेको दैलेखमा १० जना अस्पतालमा उपचाररत छन् । ती मध्ये ५ जनाको अक्सिनजनको सहायतामा उपचार भइरहेको छ ।

रेग्मीका अनुसार एकजना चिकित्सकसहित तीन स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि शुक्रबारदेखि जिल्ला अस्पताल दैलेखको आकस्मिकबाहेकका सेवाहरु बन्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment