१७ वैशाख, रौतहट । इन्डियन प्रिमियर लिग (आईपीएल) मा अनलाइन जुवा खेलाएको आरोपमा रौतहटमा एक युवक पक्राउ परेका छन । गौर नगरपालिका– १ का २६ वर्षीय सुधीरकुमार जैसवाल पक्राउ परेका हुन् ।
गौरमा युनिभर्सल मोबाइल एसेसोरिज पसल सञ्चालन गर्दै आएका उनले पसलमा नै आईपीएल क्रिकेटको खेलमा बाजी थापेर जुवा खेलाएको गोप्य सूचनाका आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए ।
जैसवालले जुवाको लागि ईसेवामार्फत झण्डै १७ लाख ३९ हजार रुपैयाँको कारोबार गरेको देखिएको प्रहरी उपरीक्षक शाहले बताए । पक्राउ परेका जैसवालले अनलाइन प्लेटफार्ममा ४८ जनाको समूह बनाई जुवा खेलाउने गरेको प्रहरीको दावी छ ।
उनीमाथि अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत रौतहटबाट ७ दिन थुनामा राख्ने अनुमति लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4