१७ वैशाख, रौतहट । इन्डियन प्रिमियर लिग (आईपीएल) मा अनलाइन जुवा खेलाएको आरोपमा रौतहटमा एक युवक पक्राउ परेका छन । गौर नगरपालिका– १ का २६ वर्षीय सुधीरकुमार जैसवाल पक्राउ परेका हुन् ।
गौरमा युनिभर्सल मोबाइल एसेसोरिज पसल सञ्चालन गर्दै आएका उनले पसलमा नै आईपीएल क्रिकेटको खेलमा बाजी थापेर जुवा खेलाएको गोप्य सूचनाका आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए ।
जैसवालले जुवाको लागि ईसेवामार्फत झण्डै १७ लाख ३९ हजार रुपैयाँको कारोबार गरेको देखिएको प्रहरी उपरीक्षक शाहले बताए । पक्राउ परेका जैसवालले अनलाइन प्लेटफार्ममा ४८ जनाको समूह बनाई जुवा खेलाउने गरेको प्रहरीको दावी छ ।
उनीमाथि अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत रौतहटबाट ७ दिन थुनामा राख्ने अनुमति लिएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4