Comments Add Comment

मकवानपुरमा सक्रिय संक्रमितको संख्या ५ सय नाघ्यो

१८ वैशाख, हेटौंडा । मकवानपुरमा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । लकडाउन जारी गर्नका लागि स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको संख्या नाघेपछि मकवानपुर कोरोना संक्रमणको जोखिममा परेको छ ।

मकवानपुरमा हाल ५२४ जना सक्रिय संक्रमित पुगेका छन् । कोरोनाको दोस्रो लहर शुरु भएपछि १ हजार ६५० को नमुना परीक्षण गर्दा ५२४ जना संक्रमित देखिएका हुन् । शुक्रबार रातिको रिपोर्ट अनुसार परीक्षणमा आएका २७७ स्वाबमध्ये १७७ मा संक्रमण पुष्टि भएको हेटौंडा अस्पतालका एसडीयू वार्डका इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।

‘संक्रमण दर ह्वात्तै बढेको छ, सजकता आवश्यक छ,’ उनले भने । शुक्रबार र शनिबार गरी ५ जना संक्रमणमुक्त भएको उनले बताए ।

संक्रमितको ठूलो संख्या घरमै

मकवानपुरमा शनिबार बिहानसम्म ५२४ जना सक्रिय संक्रमित रहेकोमा उनीहरुमध्ये २४ जना मात्र सरकारले तोकेको आइसोलेसनमा रहेका छन् । जसमा १३ जना संक्रमित गौरीटारमा र ११ जना हेटौंडा अस्पतालमा भर्ना भएका छन् ।

अन्य सबै संक्रमित होम आइसोलेसनमै रहेका छन् । डा. काफ्लेका अनुसार उनीहरुलाई स्वाब परीक्षणपछि आफ्नो इच्छा प्रयोग गर्न दिइएको हो । धेरैजनाले घरमै रहेर चिकित्सकको सुझाव अनुसार उपचारमा रहन्छौं भनेकाले अधिक संख्या घरमा नै रहेको उनको भनाइ छ । घरमा रहेका सक्रिय कोरोना संक्रमितलाई हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य टोलीले निगरानी र उपचारमा सहयोग पुर्‍याउने गरेको अस्पतालले जनाएको छ ।

सक्रिय संक्रमितको ठूलो संख्या घरमा रहेकाले त्यसले जोखिम पनि निम्त्याएको छ । हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य चिकित्सकका अनुसार सुरक्षा नअपनाए होम आइसोलेसनले संक्रमणको दर बढाउन मद्दत पुग्ने बताए ।

संक्रमित दर उच्च बेड न्यून

कोरोना भाइरसको दोस्रो लहरको संक्रमण उच्च रहँदा मकवानपुरमा व्यवस्थापन भने कमजोर छ ।

वागमती प्रदेशको राजधानी हेटौंडामा बिरामीको संख्या बढिरहेको छ, तर हेटौंडा अस्पताल र गौरीटारमा रहेको आइसोलेसनले भार थेग्न सक्ने अवस्था छैन । आपतकालीन अवस्थामा हेटौंडा अस्पतालमा निर्माण गरिएको २० बेड क्षमताको हाई डिपेन्डेन्सी युनिट (एचडीयू) वार्ड र गौरीटारमा रहेको पहिलो संक्रमणको बेला तयार पारिएको १२० बेड क्षमताको आइसोलेसन वार्ड मात्र रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment