Comments Add Comment

झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पताल भर्ना

१८ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले जनायो ।

उनलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ ।  खनालको बाँकी अवस्था सामान्य छ ।

अर्का नेता मोदनाथ प्रश्रितलाई पनि कोरोना संक्रमण भएको छ । स्वास प्रश्वासमा समस्या भएपछि मनमोहन अस्पताल पुगेका उनमा संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

खच्चड जिन्दगी !

Advertisment