Comments Add Comment

कर्णालीमा एकै दिन थपिए २१४ कोरोना संक्रमित

१८ वैशाख, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा २१४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २१४ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै १७२ जना छन् । यस्तै दैलेखका २१ जना, जुम्लाका ९ जना, कालीकोटका १३ जना, मुगुका एकजना र अन्य प्रदेशका ७ जना रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ४३७ जनामा गरिएको र्‍यापिड एन्टिजेन परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा दैलेखका ११ जना, जुम्ला र कालीकोटका १३/१३ जना, डोल्पाका ६ र मुगुका दुईजना छन् ।

निर्देशनालयको पछिल्लो तथ्यांकअनुसार शनिबार मात्रै प्रदेशमा थप १० जना कोरोनामुक्त भएका छन् ।

कर्णालीमा हाल सक्रिय संक्रमितको संख्या १ हजार ६३३ पुगेको छ । प्रदेशमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment