Comments Add Comment

अमेरिकाले ‘शत्रुतापूर्ण रणनीति’ लिएको उत्तर कोरियाको आरोप

१९ वैशाख, काठमाडौं । उत्तर कोरियाले अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो आणविक कार्यक्रममा ‘शत्रुतापूर्ण रणनीति’ अपनाएको आरोप लगाएको छ । उत्तर कोरियाको विदेश मन्त्रालयले पछिल्लो समय अमेरिकाले दिएको प्रतिक्रियाले अमेरिका ‘शत्रुतापूर्ण रणनीति’ कायम राख्न चाहेको देखिएको बताएको छ ।

गत साता अमेरिकी राष्ट्रपति बाइडनले उत्तर कोरियाको आणविक कार्यक्रम विश्वको सुरक्षाको लागि ठूलो चुनौती रहेको बताएका थिए । उत्तर कोरियाको विदेशमन्त्रालयले बाइडनले दिएको प्रतिक्रिया उनको ठूलो गल्ती भएको बताएको छ । साथै यो सह्य नहुने पनि उल्लेख गरेको छ ।

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले अमेरिकाले लिएको नीतिमाथिको समीक्षा पूरा भइसकेको बताएकी छिन् । उनका अनुसार यसअघि अमेरिकाले प्रयास गर्दा पनि उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम रोकेन । साकीले उत्तर कोरियाप्रति नापजाँचको तरिका अपनाउने बताइन् ।

उनले भनिन्, ‘हाम्रो रणनीति मोलमोलाइ गर्ने वा रणनीतिक धैर्यता कायम गर्नेतर्फ केन्द्रित छैन ।’ त्यसको सट्टामा अमेरिकाले व्यावहारिकरुपमा नापजाँचको तरिका अपनाउने उनको भनाइ छ ।

अमेरिकाले अब छिटै नै उत्तर कोरियामाथिको समीक्षाबारे छलफलका लागि जापान र दक्षिण कोरियाका सुरक्षा सल्लाहकारसँग वार्ता गर्ने अपेक्षा छ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको सम्बन्ध सुधारको लागि प्रयास गरेका थिए । तर, उक्त उनले पनि उत्तर कोरियालाई निःशस्त्रीकरण गराउन भने सकेका थिएनन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment