+
+

श्रीवास्तव र शाहीको युटर्न : मुख्यमन्त्री पोखरेललाई नै समर्थन

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २० गते १७:३३

२० वैशाख, बुटवल । लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही मुख्यमन्त्री शंकर पोखरेलकै पक्षमा उभिएका छन् ।

सूर्य चिन्हबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका श्रीवास्तव र शाही आइतबार माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा सरकार गठनको पक्षमा उभिएका थिए ।

तर सोमबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरुले आफूहरुको समर्थन मुख्यमन्त्री पोखरेललाई रहेको बताएका छन् । आफूहरु एमाले संसदीय दलप्रति प्रतिवद्ध रहेको भन्दै उनीहरुले भनेका छन्, ‘माननीय कुलप्रसाद केसी समेतले सरकार गठनका सन्दर्भमा गरिएको दाबीमा हाम्रो हस्ताक्षर प्रस्तुत गर्नु बदनियत र त्रुटिपूर्ण छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?