Comments Add Comment

२०२१ को पहिलो त्रैमासिक : यी हुन् विश्वका टपटेन स्मार्टफोन ब्राण्ड

२० वैशाख, काठमाडौं । कोरोना महामारीका कारण थलिएको विश्व स्मार्टफोन बजार सन् २०२१ को सुरुवातसँगै पुनरागमन गर्ने संकेत देखिएको छ । लण्डनस्थित कन्सल्टेन्सी कम्पनी ओमडियाको पछिल्लो रिपोर्ट अनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा विश्व स्मार्टफोन बजारमा गत वर्षको सोही अवधिको तुलनामा २८.१ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा विश्व बजारमा सर्वाधिक विक्री भएका टपटेन स्मार्टफोन ब्राण्ड यी हुन्ः

१. सामसुङः २०२१ को पहिलो त्रैमासिकको अन्त्यसम्म आइपुग्दा सामसुङले विश्वको नम्बर वान स्मार्टफोन ब्राण्डको रुपमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ । गत वर्षको पहिलो त्रैमासिक अवधिमाभन्दा यो त्रैमासिकमा उसले २९.२ प्रतिशत बढी स्मार्टफोन विक्री गरेको छ ।

GadgetsNow

गत जनवरीदेखि मार्च महिनासम्मको अवधिमा सामसुङले ७ करोड ६१ लाखवटा स्मार्टफोन विक्री गरेको छ । विश्व स्मार्टफोन बजारमा सामसुङको हिस्सा २२ प्रतिशत रहेको छ । समयमै ग्यालेक्सी एस सिरिजका नयाँ स्मार्टफोन लञ्च गर्नु तथा सस्तो मूल्यका ग्यालेक्सी ए सिरिजका फोनहरुको लोकप्रियता कायमै रहनुले सामसुङलाई विश्व स्मार्टफोन बजारमा टप ब्राण्ड बन्नमा सफलता प्राप्त भएको हो ।

२. एप्पल : आइफोन निर्माता कम्पनी एप्पल विश्व स्मार्टफोन बजारमा १६ प्रतिशत हिस्सासहित दोश्रो स्थानमा रहेको छ । बितेको पहिलो त्रैमासिक अवधिमा एप्पलले ५ करोड ६४ लाख वटा आइफोन विक्री गर्न सफल भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४६.५ प्रतिशतले बढी हो ।

GadgetsNow

३. शाओमी : चिनिया स्मार्टफोन ब्राण्ड शाओमीले विश्व स्मार्टफोन बजारमा १४ प्रतिशत हिस्सा ओगटेको छ । अर्को चिनिया ब्राण्ड हुवावेमाथि संकट मडारिरहँदा शाओमीले आक्रामक बजार विस्तार गरिरहेको छ । सन् २०२० को पहिलो त्रैमासिक अवधिमा भन्दा शाओमील ७८.३ प्रतिशत बढी स्मार्टफोन बेच्न सफल भएको छ ।

GadgetsNow

४. भिभो : चिनियाँ स्मार्टफोन ब्राण्ड भिभो चौथो स्थानमा रहँदा ११ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ । जनवरी देखि मार्च महिनाको अन्त्यसम्ममा भिभोले ३ करोड ८२ लाख वटा स्मार्टफोन विक्री गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ९५.९ प्रतिशतले बढी हो ।

GadgetsNow

५ ओप्पो : पाँचौँ स्थानमा रहेको अर्को चिनियाँ ब्राण्ड ओप्पोले विश्व स्मार्टफोन बजारमा ११ प्रतिशत नै हिस्सा ओगटेको छ । यस अवधिमा ओप्पोले ३ करोड ७८ लाख वटा स्मार्टफोन विक्री गर्न सफल भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ८५ प्रतिशतले बढी हो ।

GadgetsNow

६. हुवावे : कुनै समय विश्व स्मार्टफोन बजारमा पहिलो नम्बरमा रहेको चिनिया ब्राण्ड हुवावे छैटौँ स्थानमा खुम्चिएको छ । पहिलो त्रैमासिक अवधिमा हुवावेले १ करोड ४७ लाख वटा स्मार्टफोन विक्री गरेको छ । जुन सन् २०२० को पहिलो त्रैमासिकको भन्दा ७० प्रतिशतले कम हो ।

GadgetsNow

७. मोटोरोला : पहिलो त्रैमासिकमा १ करोड २६ लाख स्मार्टफोन विक्री गर्न सफल अमेरिकन ब्राण्ड मोटोरोला सातौँ स्थानमा छ । गत वर्षको सोही अवधिमा भन्दा मोटोरोलाले १२८ प्रतिशत धेरै स्मार्टफोन बेचेको हो । स्मार्टफोन बजारमा एलजी कम्पनी बाहिरिने घोषणासँगै मोटोरोलाको भाग्य चम्किने विश्लेषण गरिएको छ । एलजी र मोटोरोला दुवैले उत्तर अमेरिका, दक्षिण अमेरिका तथा क्यारेबियन क्षेत्रको बजारमा आफुलाई केन्द्रित गर्दै आएका थिए ।

GadgetsNow

८. रियाल्मी : विश्व स्मार्टफोन बजारमा शीर्ष ८ नम्बरमा परेको रियाल्मीले गत जनवरी देखि मार्च सम्मको अवधिमा १ करोड १४ लाख वटा स्मार्टफोन विक्री गरेको छ ।

GadgetsNow

९. टेक्नो : चिनिया ब्राण्ड टेक्नोले पहिलो त्रैमासिकमा ८२ लाख वटा स्मार्टफोन विक्री गर्न सफल भएको छ । गतवर्षको सोही अवधिको तुलनामा टेक्नोले १३३ प्रतिशत धेरै स्मार्टफोन विक्री गरेको हो । यो स्मार्टफोन ब्राण्डहरुमा सर्वाधिक वृद्धिदर हो ।

GadgetsNow

१०. एलजीः स्मार्टफोन व्यवसायबाट हात झिक्ने निर्णय गरिसकेको एलजी पहिलो त्रैमासिक अवधिमा चाँहि टपटेन स्मार्टफोन ब्राण्डमा पर्न सफल भएको छ । यस अवधिमा एलजीले ६८ लाख वटा स्मार्टफोन विक्री गरेको छ ।

GadgetsNow

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment