
२० वैशाख, काठमाडौं । सुर्खेत र दैलेखमा गरी सोमबार एकैदिन कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक डा. रवीन खड्काका अनुसार सुर्खेतका ४ जना र दैलेखका एकजना गरी ५ जना संक्रमितको मृत्यु भएको हो ।
उनका अनुसार प्रदेश अस्पताल सुर्खेतमा वीरेन्द्रनगर नगरपालिका–१ का ५२ वर्षीय पुरुष, वीरेन्द्रनगर–७ का ६३ वर्षीया महिला, चिङ्गाड गाउँपालिका–२ का २६ वर्षीय पुरुष र लेकवेशी नगरपालिका–१० का ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।
दैलेखको दुल्लु नगरपालिका–१२ का ३५ वर्षीय पुरुषको जिल्ला अस्पतालमा दैलेखमा सोमबार नै मृत्यु भएको उनले बताए । एन्टिजेन परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4