+
+
Shares

जलवायु वित्तमा नेपालको पहुँच बढाउन अर्थ र पर्यावरण मन्त्रालयको सहकार्य

कोप-३१ मा सशक्त प्रस्तुति दिइने

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १७:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच जलवायु वित्तमा नेपालको पहुँच विस्तारबारे छलफल भएको छ।
  • दुई मन्त्रीबीच हरित जलवायु कोष, अनुकूलन कोष र कार्बन वित्त परिचालनबारे गहिरो विमर्श भएको छ।
  • कोप–३१ को पूर्वतयारी र जलवायु अनुकूलन तथा हानि–नोक्सानी कार्यक्रमलाई प्रभावकारी बनाउने सहमति भएको छ।

१६ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय जलवायु वित्तमा नेपालको पहुँच विस्तार गर्ने र आगामी कोप–३१ सम्मेलनको तयारीलाई तीव्रता दिने विषयमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच छलफल भएको छ ।

मुख्यगरी जलवायु वित्त परिचालन, हरित जलवायु कोष, अनुकूलन कोष र कार्बन वित्तका विषयमा गहिरो विमर्श भएको थियो ।

साथै, आगामी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) को पूर्वतयारी र त्यसमा नेपालको उपस्थितिलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा दुई मन्त्रीबीच छलफल भएको छ ।

भेटमा जलवायु अनुकूलन तथा हानि र नोक्सानी सम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउने सहमति भएको छ ।

अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिम र हाम्रा प्राथमिकताहरूलाई सशक्त रूपमा प्रस्तुत गर्दै थप सहायता भित्र्याउन दुवै मन्त्रालयले साझा रणनीति तय गर्ने विषयमा जोड दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?