Comments Add Comment

सर्लाहीमा ज्वरो र रुघाखोकी लागेका ४ जनाको मृत्यु

२१ वैशाख, जनकपुरधाम । सर्लाहीको एउटै गाउँ ज्वरो र रुघाखोकी लागेका चार जनाको मृत्यु भएको छ ।

भारतीय सीमासँगै जोडिएको बलरा नगरपालिका–६ मिर्जापुरका चारजनाको ज्वरो र रुघाखोकीकै कारण मृत्यु भएको नगर प्रमुख अभयकुमार सिंहले जानकारी दिए ।

प्रमुख सिंहका अनुसार उक्त वडाका ८०, ८५, ४६ र ४५ बर्षका व्यक्तिको शनिबार र आइतबार मृत्यु भएको छ । तीन जनाको गाउँमै र एक जनाको उपचारका क्रममा वीरगञ्जमा मृत्यु भएको उनले बताए ।

मृत्यु भएका चारै जनाको अन्तिम संस्कार गरिसकिएको छ । कोरोनाजस्तै मिल्दो लक्षण देखिएपछि मृत्यु भएका उनीहरुको अन्तिम संस्कार गरिसकिएका कारण स्वाब संकलन गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख श्रवण नायकले बताए ।

यद्यपी यहाँ स्वास्थ्य एवं प्राविधिक टोली पठाएर कोरोना परीक्षण गरिएको छ । सोमबार २९ जनाको परीक्षण गर्दा १० जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख नायकले ।

वडा नम्बर ६ र वडा नम्बर ३ मा पनि धेरै व्यक्तिलाई ज्वरो र रुघाखोकी देखिएको नगर प्रमुख सिंहले बताए ।

प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले यो नगरपालिकाको वडा नम्बर ३ मा समुदायमै संक्रमण फैलिएको हो कि भन्ने आशंका रहेको बताए । ‘स्वास्थ्य कार्यालयबाट परीक्षण टोली पठाएका छौं । यहाँ परीक्षणको दायरा बढाउँछौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment