+
+
Shares

लुम्बिनी मन्त्रिपरिषदमा तीन मन्त्री थपिए

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २१ गते २०:५४

२१ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले  मंगलबार थप तीन जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उनले अर्घाखाँचीका चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानून, रुपन्देहीका भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या र कपिलवस्तुका धर्मलाल श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन्

आचार्य र श्रेष्ठ एमाले सांसद हुन् भने श्रीवास्तव सूर्य चिह्नबाट प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका थिए । उनले गत आइतबार विपक्षी गठबन्धनमा हस्ताक्षर गरे पनि सोमबार पुन: पोखरेललाई समर्थन गर्दै विज्ञप्ति जारी गरेका थिए ।

मन्त्रीहरुको शपथ भने बुधबार हुनेछ । योसँगै लुम्बिनीको मन्त्रिपरिषद १० सदस्यीय पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?