+
+
Shares

भरतपुर अस्पतालमा थन्कियो दाताले दिएको स्वचालित पीसीआर मेसिन

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २२ गते १३:०२

२२ वैशाख, चितवन । चितवनको भरतपुर अस्पताललाई गत वर्ष भदौ २५ गते दाताले दिएको स्वचालित पीसीआर परीक्षण मेसिन अहिलेसम्म सञ्चालनमा आएको छैन ।

कोरोनाको नमुना संकलन र परीक्षणको चाप बढ्दै जाँदा पनि अस्पतालले मेसिन सञ्चालन गर्न सकेको छैन । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीले स्वचालित मेसिन सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए । झण्डै एक वर्ष हुन लाग्दासमेत दाताले दिएको स्वचालित मेसिन किन चलाउन सकिएन भन्ने प्रश्नमा मेसु डा. तिवारीले मेसिन सञ्चालनमा सहयोग गर्न प्रदेश मन्त्रालयमा बायोमेडिकल इन्जिनियर पठाइदिन तीन दिन अघि पत्र लेखेको बताए ।

‘गत वर्ष नै दाताले दिएको मेसिन हो, बीचमा कोरोनाको परीक्षण पनि घटेकोले खासै चासो पनि दिइएन,’ डा. तिवारीले भने, ‘अहिले कोरोना संक्रमण बढेसँगै चलाउनुपर्छ भनेर लागेका छौं ।’ अहिले पनि अस्पतालले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको मेसिनबाट परीक्षण गराउँदै आएको छ ।

अहिलेको पीसीआर मेसिनले एक पटकमा ९६ वटा नमुना मात्र परीक्षण गर्न सक्छ ।  नयाँ मेसिनमा दैनिक एक हजार नमुना परीक्षण गर्न सकिने प्राविधिकहरु बताउँछन् । अहिले अस्पतालमा करिब दैनिक २ सय नमुना परीक्षण हुँदै आएको छ ।

यो मेसिनबाट परीक्षण गर्दा रिपोर्ट ढिला आउने, धेरै स्वाब थन्किने अवस्था आएपछि गत वर्ष पोल्ट्री क्षेत्रको अग्रणी संस्था स्काईलार्क एग्रो र अविनाश ग्रुप नारायणगढले भरतपुर कोभिड–१९ प्रयोगशालालाई स्वाचालित पीसीआर मेसिन सहयोग गरेका थिए ।

ती संस्थाले करिब ४० लाख मूल्य पर्ने जर्मन कम्पनीको क्यूटावर ८४ स्वचालित पीसीआर मेसिन सहयोग गरेका हुन् । अहिले कोरोना परीक्षण भरतपुर महानगरपालिका–१० को वाइपास रोडको कोभिड ल्याबमा हुँदै आएको छ । अब नयाँ मेसिन अस्पतालभित्र नै राखेर परीक्षण गर्ने तयारी भएको अस्पतालको भनाइ छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?