Comments Add Comment

सरोज खनाललाई ‘उत्कृष्ट निर्देशक’को अवार्ड

काठमाडौंमा सम्पन्न भएको ‘नेपाल सर्ट फिल्म अवार्ड २०७७’मा नायक सरोज खनालले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । यस्तै, प्रतियोगितामा ‘उत्कृष्र्ट सर्ट फिल्म’को अवार्ड भने तेजेन्द्र प्रसाद कँडेलको ‘देशमाथि’ले जितेको छ ।

स्टार वान इन्टरटेन्मेन्ट र विलक्षण क्रियनसले आयोजना गरेको ‘नेपाल सर्ट फिल्म प्रतियोगिता’मा १९ वटा सर्ट फिल्म सहभागी थिए । जसमध्य ८ वटा सर्ट फिल्म अवार्डमा चयन भएका थिए । अवार्ड बिजेताहरुलाई पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री, कलाकारहरु रविन्द्र खड्का, रमेश बुढाथोकी, नवल खड्का लगायतले एक समारोहबीच अवार्ड प्रदान गरेका थिए ।

सर्वोत्कृष्ट खलपात्रको अवार्ड कलाकार तुलसी प्रसाद श्रेष्ठले चलचित्र ‘नशा’बाट प्राप्त गर्दा सर्वोत्कृष्ट हास्य अभिनेताको अवार्ड शेखर खनालले चलचित्र ‘धुर्त काजी’बाट प्राप्त गरेका छन् । यस्तै सर्वोत्कृष्ट नव–नायकको अवार्ड सुरज पोखरेलले ‘हाम्रो नाता’बाट प्राप्त गरे ।

सर्वोत्कृष्ट नायकको अवार्ड अभिनेता धु्रबदत्तले चलचित्र ‘सहारा’बाट, सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड निर्देशक आशुतोष अधिकारीले चलचित्र ‘हाम्रो नाता’बाट प्राप्त गरे । सर्वोत्कृष्ट कथाको अवार्ड आरती अधिकारी आचार्यले चलचित्र ‘लकडाउन’बाट, सर्वोत्कृष्ट कथा (डायस्पोरा)बाट पुरु राईले चलचित्र ‘सहारा’बाट प्राप्त गरे ।

अवार्ड समारोहमा निर्देशक तर्फको जुरी अवार्ड केडी प्रशितलाई चलचित्र ‘मेरो भगवान’बाट प्रदान गरियो । यस्तै सर्ट फिल्म निर्देशकको प्रोत्साहन पुरस्कार अमिर बरालले चलचित्र ‘ज्यान जाने पिरिम’बाट प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment