+
+
Shares

उपत्यकामा एकैदिन थपिए ३८२५ कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २२ गते १७:०५

२२ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा २ हजार ८४९, भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जना कोरोना संक्रमित भेटिएका हुन् । यस्तै एकै दिन काठमाडौँ उपत्‍यकामा १५ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बुधबार देशभर ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै काठमाडौँमा २२ हजार ८०८, भक्तपुरमा २ हजार ७ सय ४७, ललितपुरमा ४ हजार ६ सय जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?