+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

चर्को ब्याजदरबारे एनआईसी एसियालाई राष्ट्र बैंकले सोध्यो-सत्यतथ्य के हो ?  

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २२ गते १७:१४

२२ वैशाख, काठमाडौं । एनआईसी एसिया बैंकले चर्को ब्याज लिएकाे विषयमा  नेपाल राष्ट्र बैंकले स्पष्टीकरण सोधेको छ । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले एनआईसी एशिया बैंकलाई पत्रचार गर्दै ‘बाहिर आएका विषय वस्तुमा के कसो भएको हो सो बारे तत्कालै जानकारी गराउनू’ भन्दै पत्राचार गरेको हो ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल ले बैंकलाई पत्र काटिएको पुष्टि गरे । उनका अनुसार अचाक्ली ब्याज लिएर महामारीमा पनि ग्राहकलाई समस्यामा पारेको भन्ने विषयबाहिर आएपछि जवाफ माग गरिएको हो । ‘यो सुपरीवेक्षण विभागले गर्ने कुरा हो, जवाफ माग गरेर पत्र काटिएको छ’ नियमन विभागका प्रमुख समेत रहेका प्रवक्ता ढकालले भने, ‘हिजो मात्रै पत्र काटिएको छ, आज वा भोलिसम्ममा जवाफ आउँला ।’

बैंकको जवाफपछि के गर्ने भनेर सुपरीवेक्षण विभागले निर्णय गर्नेछ ।

एनआईसी एसिया बैंकले पछिल्लो समय ग्राहकलाई सामान्य मौका समेत नदिई घरजग्गा लिलामी गरिदिएको, अत्यधिक ब्याजदर लिने गरेको गुनासो बढेको छ ।

बैंकको विराटनगर शाखाले घर कर्जाको ब्याजदर ९ प्रतिशतबाट बढेर करिब १६ प्रतिशत पुगेको भन्दै ऋणीलाई पत्राचार गरेको थियो । तर, बैंकको बेस रेट ६.७७ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?