+
+
Shares

लुम्बिनीका जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई ७९ लाख

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २२ गते १९:५०

२२ वैशाख, बुटवल । लुम्बिनी प्रदेश सरकारले जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई ७९ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले १२ वटै जिल्लाका डीसीसीएमसीलाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

जसमध्ये कोभिडबाट बढी प्रभावित रुपन्देही र बाँके जिल्लालाई १०–१० लाख, कपिलवस्तुलाई ८ लाख, नवलपरासी, दाङ, बर्दियालाई ७– ७ लाख तथा गुल्मी, पाल्पा, अर्घाखाँची, रोल्पा प्युठान र पुर्व रुकुमलाई ५–५ लाख रुपैयाँ दिइने प्रवक्ता चौधरीले बताए ।

यस्तै वैठकले प्रदेश सरकारले जेठ ६ र ७ गते गर्ने भनिएको प्रदेश लगानी सम्मलेन आगामी कात्तिक २७ र २८ गते गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?