+
+
Shares

मलाई कोरोनाले छुँदैनः राखी सावन्त

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २३ गते ९:२०

बलिउडमा विवादकी रानी भनेर चिनिन्छिन्, राखी सावन्त । उनी हरेक बिषयमा विवादित बयान दिन्छिन् र चर्चामा आउँछिन् ।

उनै, राखीले हालै मात्र आफूलाई कोरोनाले नछुने भन्दै विवादित बयान दिएकी छिन् । संचारकर्मीसँगको कुराकानीमा राखीले आफ्नो शरीरमा पवित्र रगत बगिरहेका कारणले गर्दा आफू र आफ्नो परिवारलाई कोरोनाले नछुने तर्क प्रस्तुत गरिन् ।

उनको यो तर्कको यतिबेला सामाजिक संजालमा चर्को आलोचना पनि भैरहेको छ । हालैमात्र, नायक सलमान खान र सोहेल खानको मद्दतले राखीकी आमाको क्यान्सर रोगको उपचार भएको थियो ।

राखीले बलिउड नायिका कंगना रनावतको ट्विटर एकाउन्ट सस्पेन्ड भएको बिषयमा पनि आफ्नो बयान दिएकी छिन् । उनले, देशमा हिंसा भड्काउने बिषयमा कंगनाले ट्विट गरेको भन्दै यो ट्विटरको कदमलाई सही भनेकी छिन् । उनले, देशको बिषयमा कंगनाले दिएको आपत्तीजनक बयान गद्दार काम गर्नु सरह भएको उल्लेख गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?