Comments Add Comment

नगर प्रमुख चढ्ने गाडीलाई एम्बुलेन्स बनाउने तयारी

२३ वैशाख, डोटी । डडेल्धुराको अमरगढी नगरपालिकाका प्रमुखले चढ्ने गाडी एम्बुलेन्स बनाउने निर्णय भएको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गईरहेको बेलामा बिरामीहरुलाई ओसार पसार गर्न सहज होस् भन्ने उद्देश्यले उक्त निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी लालबहादुर साँउदले बताए । नगरपालिकाको टिप्परलाई शव वाहन बनाउने निर्णय समेत भएको सूचना अधिकारी साँउदले बताए ।

जनप्रतिनिधि जनताप्रति उत्तरदायी नभएको आरोप लागिरहेकै बेला अमरगढी नगरपालिकाको यो निर्णय आएको छ ।जनप्रतिनिधि चढ्ने गाडीलाई एम्बुलेन्स बनाउने निर्णय गर्ने अमरगढी नगरपालिका सम्भवतः पहिलो नगरपालिका हो ।

कोरोना नियन्त्रणका लागि नगरपालिकाले नगरभित्रका ११ स्वास्थ्य संस्थामा रहेका ४३ जना र विद्यालय नर्सिङ कार्यक्रममा अन्तर्गतका १० जना स्टाफ नर्स परिचालन गरेको छ । टोल टोलमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरेको समेत नगरपालिकाले जनाएको छ ।

बुधबारसम्मको तथ्याङ्क अनुसार डडेल्धुरा जिल्लामा एक सय ९१ सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमणकै कारण जिल्लाका पाँच जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment