Comments Add Comment

‘राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान’को भवनलाई आइसोलेसनको रुपमा प्रयोग गरिने

देशैभरी कोरोना संक्रमणको दर बढिरहेको समयमा लोकदोहोर कलाकारहरुले ‘राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान’को भवनलाई आइसोलेसन वार्डको रुपमा प्रयोग गर्न सक्ने भएका छन् ।

कोरोना संक्रमणपश्चात परिवारसँग र भाडाको कोठामा बस्न समस्या हुने लोकदोहोरी कलाकारहरुले प्रतिष्ठानको भवनमा बस्न सक्ने प्रतिष्ठानकी उपाध्यक्ष रीता थापा मगरले बताइन् । यसका लागि तयारी समेत थालिएको थापाको भनाई छ ।

उनले, प्रतिष्ठानको भवनमा बस्न चाहनेका लागि बेड र खानाको व्यवस्था समेत प्रतिष्ठानले नै मिलाउने पनि बताइन् । प्रतिष्ठानको भवनमा २५ जनासम्म बस्न मिल्ने क्षमता छ । गतबर्ष पनि प्रतिष्ठानको भवनमा केही संक्रमित कलाकारहरु बसेका थिए ।

प्रतिष्ठानले रिता थापा मगरको अध्यक्षतामा कोभिड १९ आकस्मिक सहयोग समिती समेत गठन गरेको छ । उपाध्यक्ष थापा मगरले समस्यामा परेका कलाकारहरुलाई प्रतिष्ठानको सम्पर्कमा आउन आग्रह गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment