+
+
Shares

निःशुल्क अक्सिजन सिलिन्डर वितरण गर्दै पल

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २३ गते १२:३५

नेपाली म्यूजिक भिडियोका सफल मोडल तथा नायक पल शाहले कोरोनाका कारण बिरामीलाई अक्सिजनको अभाव भएको खबर सुनेपछि सहयोगको हात अगाडि बढाएका छन् ।

उनले, हाम्रो टिम नेपालसँगको सहकार्यमा अक्सिजन सिलिन्डर संकलन अभियान सुरु गरेका छन् । बुधबार उनले केही थान अक्सिजनसहितका सिलिन्डर संकलन र खरिद गरेर अस्पताललाई निःशुल्क वितरण गरेका छन् ।

उनले बुधबार भक्तपुर अस्पतालमा उपचार गराइरहेका कोभिडका विरामीलाई लागि अक्सिजनसहितको सिलिन्डर वितरण गरेका थिए । उनले, अक्सिजन नपाएर कुनै पनि नेपालीहरुले ज्यान गुमाउन नपरोस् भनेर आफू निरन्तर सेवामा खटिएको उल्लेख गरेका छन् ।

पलले हाम्रो टिम नेपाललाई अस्सिजन सिलिन्डर खरिदका लागि २ लाख रुपैयाँ सहयोग गरेको वुझिएको छ । दर्शकले आफूलाई पल शाह बनाएको भन्दै उनले दर्शकलाई गाह्रो पर्दा चुप लागेर बस्न नसक्ने पलले बताएका छन् ।

गतबर्षको लकडाउनको समयमा पनि पलले चलचित्र प्राविधिकहरुलाई ५ लाख रुपैयाँ बराबरको खाद्यन्न सहयोग गरेका थिए । यस्तै, उनले विभिन्न जिल्लामा पुगेर बाढी पहिरो प्रभावितलाई पनि लत्ताकपडा र खाद्यान्न सहयोग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?