+
+
Shares

प्रादेशिक अस्पतालको सबै बेड भरियो, भेन्टिलेटर बिग्रियो

श्रवण देव श्रवण देव
२०७८ वैशाख २३ गते १४:०७

२३ वैशाख, जनकपुरधाम । प्रदेश-२ को अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पताल कोरोना संक्रमित बिरामीले भरिएका छन् ।

अस्पतालको कोरोना उपचार केन्द्रमा तयार भएको ३० बेडमा सबै बिरामी अक्सिजनको सहयोगमा राखिएको छ ।

अस्पतालका कोरोना फोकल पर्सन डा. मनिष पाण्डेले कोरोना संक्रमितका लागि बेड थप्ने तयारी भइरहेको जानकारी दिए । बेड थोरै भएकाले रगतमा अक्सिजनको मात्रा ९४ भन्दा कम भएका बिरामीलाई मात्र भर्ना गरिएको डा. पाण्डेले बताए ।

अरु बेड थप्ने र अक्सिजनको पाइपलाइन बिछ्याउने काम भइरहेको उनले बताए । ‘अक्सिजनको पाइप जति बेडसम्म जान्छ, त्यत्ति तयार हुन्छ’ उनले भने ।

प्रादेशिक अस्पतालमा उपलब्ध पाँचवटै भेन्टिलेटर बिग्रिएपछि भेन्टिलेटर सपोर्ट चाहिने बिरामी उपचार गर्न नसिकने डा. पाण्डे बताउँछन् । ‘कसैलाई भेन्टिलेटरको आवश्यकता भए उसको जीवनसँग खेलवाड गर्न सकिन्‍न’ उनले भने, ‘त्यहीं भएर यस्ता बिरामीलाई बाहिर पठाउनुपर्ने हुन्छ ।’

बुधबार एउटा भेन्टिलेटर केहीबेर चलेपछि बिग्रिएको बताउँदै उनले तत्कालै मर्मत गराए पनि काम गर्न नसकेको बताए ।

लेखक
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?