Comments Add Comment

जापानको समाज : सुरक्षा र सम्मान

जापानको विकासमा क्यामेरा र प्रविधिलाई महत्वपूर्ण मानिन्छ । तर यहाँ बसोवास गर्ने जनता सुरक्षित हुनुमा प्रविधिलाई मात्र श्रेय दिन सकिदैन ।

सन् २०१८ को ग्लोबल पीस इन्डेक्सको सुचीमा जापान नवौ स्थानमा पर्न सफल भएको थियो । यो सुचीको पहिलो स्थानमा आइसल्याण्ड रहेको थियो । त्यही सूचीको २८ औ स्थानमा ल्याटिन अमेरिकाको चिली रहेको छ ।

संयुक्त राष्ट्र संघको एक तथ्यांक अनुसार गत वर्ष जापामा एक लाख मानिसमध्य शुन्य दशमलब २८ प्रतिशत मानिसको हत्या लागु औषध तथा अपराधिक कृयाकलापका कारण भएको पाइयो । जबकी २०१७ मा ब्राजिलमा यो दर ३० दशमलव ८ रहेको थियो ।

यो तथ्यांक गत वर्षको हो । तर पनि यदी जापानीजहरु आनन्दले सुत्छन पाएका छन् भने यसको श्रेय त्यहाँको प्रहरीहरुलाई नै जान्छ । जापानमा आपराधिक गतिविधि र र हातहतियारलाई लिएर शुन्य सहनशीलता निति अबलम्बन गरिएको छ, जुन दुई सय वर्ष पुरानो हो ।

जापानमा सामुदायिक प्रहरीलाई कोबेन भनिन्छ । एउटा कोबेनमा दुई देखि तीन जना प्रहरी रहन्छन् । कोबेनको काम नै मानिसहरुलाई सुरक्षा सम्बन्धि जानकारी दिनु हो ।

जापानमा कुनै सामान गायब भएमा त्यहाँका सर्वसाधारणले कोबेनमा रिपोर्ट गर्छन् भने कोबेनले समाजलाई सेवा प्रदान गर्छ ।

जापानमा मात्र ६६ सय वटा कोबेन छ । दुनियाँमा बन्दुकको सबैभन्दा कम प्रयोग पनि जापानमा नै हुँदै आएको छ । सन् २०१७ मा जापानमा जम्मा २२ वटा अपराधको लागि बन्दुक प्रयोग गरिएको थियो, जसमा तीन जनाको मृत्यु पनि भयो ।

यही समयमा अमेरिकामा १५ हजार छ सय १२ जनाको मृत्यु बन्दुकबाट भएको थियो ।

जापानको शिक्षा प्रणालीलाई निकै राम्रो मानिन्छ । जापानमा आपराधिक कृयाकलाप कम हुनुमा पनि त्यहाँको शिक्षा प्रणाली महत्वपूर्ण मानिन्छ । जापानको जोसोमा अवस्थित ब्राजिलियन स्कुलकी निर्देशक मयूमी यूमोर भन्छिन्, जुन कुरा तिम्रो हैन , त्यसलाई राख्नु अपराध हो भनेर यहाँ बालबालिकाहरुलाई सानै देखि सिकाइन्छ’ ।

यूमोरका अनुसार जापानका विद्यार्थीहरुलाई प्रहरीले विभिन्न गतिविधिका लागि आमन्त्रित गर्दछन् । जहाँ प्रहरीहरुले बालबालिकासित फुटबल म्याचमार्फत लागुऔषधबारे कुरा गर्छन् ।

साइकल चालकका लागि निर्माण गरिएको कानुन अनुसार मदिरा पिएर साइकल चलाउने व्यक्तिलाई जापानमा जरिवाना र कारावासको सजाय हुन्छ । हेडफोन लगाएर साइकल चलाउन, काम गर्दा फोन चलाउनु तथा साइकल चलाउदाँ छाता लिएर जान पनि जापानमा वर्जित छ ।

जापानका नागरिक पनि यो कानुनी व्यवस्था पालन गर्नमा अग्रपंक्तिमा रहने गर्छन् भने देशलाई राम्रो बनाउन पनि उनीहरुको विशेष योगदान रहने गरेको छ ।

कयौं घर तथा पसलहरुमा स्टिकर लगाइएको हुन्छ, जसमा लेखिएको हुन्छ,‘कोडोमा ११० बैन इन द ले’ । अर्थात जो बच्चा खतरामा छन्, उनीहरुले यस ठाउँलाई सेल्टर होमका रुपमा प्रयोग गर्न सक्छन् ।

यसबाहेक, प्राथमिक शिक्षाको सुरुवाती छ वर्ष विद्यार्थीहरुले एक अर्लाम लैजान सक्छन्, ताकी आवश्यकता परेमा त्यसलाई बजाउन सकियोस् ।

जापानमा ड्राइभरहरु कडा कानुनको पालना गर्छन् । दुर्घटना भएमा जापानमा कडा सजाय दिइन्छ । सन् १९७० मा जापानमा निकै कडा कानुनको व्यवस्था गरियो । खासगरी, सन् १९७० मा जापानमा गाडीहरुको संख्यामा व्यापक वृद्धि भयो जसका कारण सडक दुर्घटनाबाट मात्र १६ हजार सात सय ६५ को मृत्यु भयो ।

यही कारण हो कि जापानमा सडक दुर्घटनालाई लिएर कडा दण्डको व्यवस्था गरिएको छ ताकी यो नियमको पालना गरेर सडक दुर्घटनाबाट हुने क्षतिलाई रोक्न सकियोस् । जापानमा मदिरा पिएर नशामा गाडी चलाए जेलको सजाय हुन्छ ।

जापानमा हतियार खरीद गर्न पनि लामो अवधी कुर्नु पर्छ । र, र्धैर्य धारण गर्नुपर्छ । यसको लागि मात्र एक दिनको कोर्स गराइन्छ । त्यसमा परीक्षा दिनु पर्छ । त्यसपछि निशाना लगाउनु पर्छ । ९५ प्रतिशत सही जवाफ पश्चात्त मात्र त्यहाँका व्यक्तिले बन्दुक खरीद गर्न सक्छन् ।

त्यतिमात्र हैन, यसको लागि मनोवैज्ञानिक र एन्टी डोपिंग परीक्षण पनि गराउनु पर्छ । बन्दुक खरीद गर्ने व्यक्तिको रेर्कड जाँच गरेपछि मात्र प्रहरीले सहमति दिने हुदाँ जापानी नागरिकले बन्दुक राख्न सक्छ कि सक्दैन भन्ने कुरा त्यहाँँको प्रहरीमा निर्भर गर्छ ।

बिबिसीबाट भावनुवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment