
२४ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नेता गोकर्ण विष्टसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न विष्ट प्रधानमन्त्री निवास पुगेका थिए ।
‘उहाँहरु बीच लामै समय कुराकानी भएको छ’, बालुवाटार स्रोतले भन्यो । अध्यक्ष ओलीसँग बिहीबार राति अबेरसम्म माधवकुमार नेपाल पक्षका नेताहरु घनश्याम भुसाल र योगेश भट्टराईले पनि कुराकानी गरेका थिए । तर छलफल कुनै निष्कर्षमा पुग्न सकेको थिएन ।
भूसाल र भट्टराईसँग राति कुरा गरेका ओलीले शुक्रबार बिहान विष्टलाई छलफलमा बोलाएका हुन् । विष्टले बिहीबार दिउँसो ओली निकट नेता विष्णुप्रसाद पौडेलसँग पनि कुराकानी गरेका थिए ।
२७ वैशाखमा प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने भएपछि एमालेका दोस्रो तहका नेतासँग भेटघाट तीव्र बनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4