Comments Add Comment

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक, सभामुख नजाने

२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार बैठक बोलाएका हुन् ।

तीन दिन अगाडि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । परिषद् सचिवालयले प्रधानमन्त्रीले आइतबार बैठक बोलाएको जानकारी सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख विपक्षी दलका नेतालाई दिइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटा भने नजाने भएका छन् । ‘संसद अधिवेशन आहृवान भइसकेको र  यो अध्यादेशविरुद्ध अदालत जानु भएकाले उहाँ बैठकमा जानुहुन्न’, सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment