Comments Add Comment

कैलालीमा थप ७ जना कोरोना संक्रमितको मृत्यु

२४ वैशाख, धनगढी । कैलालीमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा पाँच र अन्य अस्पतालमा दुई गरेर ७ जनाको मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीका चार र कञ्चनपुरका एक जनाको मृत्यु भएको जानकारी दिए । कैलालीको धनगढी उपमहानगरपालिका– १ का ५५ वर्षीय पुरुष र ६० वर्षीय महिला, गोदावरी नगरपालिका–३ का ७० वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका–७ का ४६ वर्षीय पुरुष र पर्वत घर भएर कञ्चनपुरको पुनर्वास बस्दै आएकी ७६ वर्षीया महिलाको मृत्यु भएको श्रेष्ठले बताए ।

यस्तै धनगढीकै निजी अस्पतालमा उपचाररत कैलालीकै थप दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले घोडाघोडी नगरपालिका–१ का ५७ वर्षीय महिला र गोदावरी-२ का ३८ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए ।

शुक्रबार कैलालीमा थप दुई सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पाँच सय ६४ जनाको परीक्षण गर्दा दुई सय ७२ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये दुई सय ५५ जना कैलालीकै रहेको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment