
२४ वैशाख, जनकपुरधाम । प्रदेश २ को सामाजिक विकास मन्त्रालयले प्रादेशिक अस्पताल जनकपुरधाममा ८ वटा भेन्टिलेटर उपलब्ध गराएको छ ।
काठमाडौंबाट मगाइएको भेन्टिलेटर अस्पताल आइपुगेको र जडान हुने क्रममा रहेको मन्त्रालयले जनाएको छ । कोरोना उपचार केन्द्रका प्रवक्ता डा. मनिष पाण्डेले प्राविधिकहरुले भेन्टिलेटर जडान गरेर परीक्षण गरिरहेको बताए ।
यो अस्पतालमा यसअघि भएको ५ वटै भेन्टिलेटर बिग्रेको थियो । बुधबार एक जना बिरामीलाई भेन्टिलेटरको सपोर्ट दिएको केहीबेरमा बिग्रिएपछि मर्मत गर्दासमेत बन्न सकेको थिएन । यसले भेन्टिलेटरको सपोर्ट चाहिने बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता उत्पन्न भएको थियो ।
तर नयाँ भेन्टिलेटर आएपछि यस्तो अवस्था नरहने डा. पाण्डेले बताए । प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहका अनुसार २ वटा भेन्टिलेटर नारायणी अस्पताललाई पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4