+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चोरीको आरोपमा युवकलाई गाउँपालिका अध्यक्षकै अगुवाइमा बाँधेर यातना

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २४ गते २०:३६

२४ वैशाख, सप्तरी । सप्तरीमा चोरीको आरोपमा जनप्रतिनिधिले एक युवकलाई पाँच दिनदेखि बन्धक बनाएर यातना दिएको पाइएको छ ।

छिमन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल ‘कुरुड’, उनका छोरा तेजनारायणले छिन्नमस्ता–६ कुपहीका २१ बर्षीय शिवकुमार मुखियालाई हात खुट्टामा नेलले बाँधेर कुटपिट गरेको पीडितका परिवारले जनाएको छ ।

कुपहीमा सञ्जय पण्डितले सञ्चालन गरेको मदिरा पसलमा चोरी गरेको भन्दै गाउँपालिका अध्यक्षकै अगुवाइमा मुखियालाई यस्तो दण्ड दिइएको छ । ‘छोरालाई घरबाट उनीहरुले नियन्त्रणमा लिई ती मदिरा पसलमै जंजीरले बाँधेर राखेका छन्’ युवकका बाबु रामसरोज मुखियाले भने, ‘खाना समेत दिएका छैनन् ।’

रामसरोजले घटनाबारे इलाका प्रहरी कार्यालय छिन्नमस्तामा जानकारी गराए पनि सुनुवाइ नगरेको बताए ।

गाउँपालिका अध्यक्ष भन्छन्– बाँधेर राखेको छु

गाउँपालिका अध्यक्ष कुरुड भने ती युवकलाई बाँधेर राखेको स्वीकार्छन् । ‘ती युवकलाई बाँधेर मैले नै राखेको छु’ उनी भन्छन्, ‘तीन जना मिलेर रक्सी पसलमा चोरी गरेका छन् । त्यसमध्येका एक यी पनि हुन् । त्यही भएर बाँधेर राखेको छु ।’

प्रहरीको जिम्मा लगाए चोरी धेरै बढ्ने भन्दै उनले चोरी न्युनीकरणका लागि बाँधेर राखेको दावी गरे । यो विषयलाई कानुनअनुसार नभई पञ्चायतीबाट टुंग्याउने उनको भनाइ छ । ‘दुई गाउँका बासिन्दा बसेर एक पटक पंंचायती गरेका छौं’ अध्यक्षले भने, ‘अब पुनः बसेर यसलाई टुंग्याइनेछ ।’

जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले घटनाबारे जानकारी नभएको बताए । ‘अहिले नै बुझ्न लगाउँछु’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?