+
+

चिनियाँ कम्पनी सिनोफार्मको खोपलाई डब्ल्यूएचओको अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २५ गते ६:५४

२५ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगमा ल्याउन अनुमति दिएको छ ।

डब्ल्यूएचओले अनुमति दिएको गैरपश्चिमी देशको यो पहिलो कोरोनाविरुद्धको खोप हो । यसअघि डब्ल्यूएचओले फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडेर्ना खोपलाई अनुमति दिएको थियो ।

सिनोफार्मको खोप चीनले यसअघि नै विश्वका धेरै नागरिकलाई उपलब्ध गराइसकेको छ । अफ्रिका, ल्याटिन अमेरिका र एशियाका धेरै देशहरुले चिनियाँ सिनोफार्मको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएका छन् ।

डब्ल्यूएचओले शुक्रबार सिनोफार्मको खोपलाई अनुमति दिँदै यसको दुई डोज दिनुपर्ने र यो १८ वर्षभन्दा माथिका व्यक्तिहरुले मात्र प्रयोग गर्नुपर्ने जनाएको बीबीसीले जनाएको छ ।

डब्ल्यूएचओले आगामी दिनमा एक अर्को चिनियाँ कम्पनी सिनोभ्याकको खोपमा निर्णय लिने सम्भावना छ । यस्तै रुसी खोप स्पुतनिक भी को मूल्यांकन पनि डब्ल्यूएचओले गर्दै आएको बीबीसीको समाचारमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?