Comments Add Comment

धनगढीलाई हराउँदै बुटवल प्लेअफमा, पोखरा बाहिरियो

२५ वैशाख काठमाडौं । धनगढी एफसीलाई पराजित गर्दै बुटवल लुम्बिनी एफसी नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा पुग्ने चौथो टोली बनेको छ ।

शनिबार भएको खेलमा सुमन लामाको एक मात्र गोलमा धनगढीलाई १–० ले पराजित गर्दै बुटवलले लिगमा ६ खेलबाट ८ अंक जोड्यो । पोखरा थण्डर्स समान अंक भएपनि बुटवल हेड टु हेडमा अघि रहँदै चौथो स्थानमा रहेर प्लेअफ  पुगेको हो ।

यसअघि नै धनगढी एफसी, काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी प्लेअफ पुगिसकेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बुटवलका लाग सुमन लामाले ८०औं मिनेटमा गोल गरे । उनले विदेशी खेलाडी विलियमले धनगढीका दिनेश राजवंशीलाई छलाउँदै दिएको पासमा गोलकिपर किरण चेम्जोङलाई कुनै मौका नदिई गोल गरे ।

जितपछि लिगमा बुटवलले ६ खेलबाट ८ अंक जोडेको छ । हारपछि पनि ६ खेलबाट १० अंक रहेको धनगढी शीर्ष स्थानमै छ । समान अंक भएपनि काठमाडौं रेजर्स दोस्रो स्थानमा छ । लिगको अन्तिम खेलमा आइतबार काठमाडौंले एफसी चितवनसँग खेल्नेछ । उक्त खेलमा जित वा बराबरीले काठमाडौं शीर्ष स्थानमा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment