+
+

कोरोना संक्रमित भएपछि कंगनाले लेखिन्–‘भाइरसलाई हराउनेछु’

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २६ गते ९:५२

नायिका कंगना रनावतले आफू कोरोना संक्रमित भएको उल्लेख गरेकी छिन् । सामाजिक संजालमा ध्यान गर्दै गरेको एक तस्वीर पोष्ट गरेर उनले आफ्नो रिपोर्ट पोजिटिभ आएको उल्लेख गरेकी हुन् ।

कंगनाले केही दिनदेखि आफूले थकान महशुश गरेको र आँखामा समेत अप्ठ्यारो महशुश भएको उल्लेख गरेकी छिन् । यसपछि, परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको कंगनाको तर्क छ ।

कंगनाले सामाजिक संजालमा लेखेकी छिन्–‘मैले आफूलाई क्वारेन्टाइनमा राखेकी छु । मलाई केही आइडिया नै थिएनँ कि यो भाइरसले मेरो शरीरमा पार्टी गरिरहेको थियो । अब मलाई थाहा भयो, यसैले म यो भाइरसलाई ध्वस्त पार्नेछु । आफूमाथि कुनै पनि शक्ति हावी हुन दिन हुँदैन । यदि, यो भाइरससँग डराउने हो भने यसले झनै आक्रमण गर्छ । आउनुहोस्, सबै मिलेर यसलाई ध्वस्त बनाऔं । कोभिड १९ केही पनि होइन, यो सामान्य फ्लू हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?