
२६ वैशाख, बुटवल। रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-१४ की ५२ वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
वैशाख १३ गते संक्रमण पुष्टी भएकी उनी १५ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारका क्रममा शनिबार बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।
संक्रमित महिलामा निमोनियाको समस्या रहेको डा.गौतमले बताए । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या २६४ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4