+
+

हिमालयन डिस्टिलरीको चैतसम्मको नाफा ६७ करोड २७ लाख

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २६ गते १२:३१

हिमालयन डिस्टिलरीले आर्थिक वर्ष. २०७७/७८ को चैत्र महिनासम्म ६७ करोड २७ लाख नाफा गरेको छ । कम्पनीका अनुसार ३ अर्ब ८९ करोडको बिक्रीबाट यो नाफा प्राप्त भएको हो । गत वर्ष यही अवधिमा ३ अर्ब ५७ करोडको ब्यापारबाट कम्पनीले ४३ करोड ७१ लाख नाफा कमाएको थियो ।

यो अवधिमा ९ प्रतिशतले विक्री रकम बढ्दा खुद मुनाफा ५३.८९ प्रतिशतले बढेको छ ।

गत आव सम्मको मुनाफाबाट ५० प्रतिशत बोनस शेयर वितरण गरि पुँजी वृद्धि गरिए पनि गत वर्षको यसै अवधिको वित्तिय अनुपातहरुसँग तुलना गर्दा यसवर्ष प्रतिशेयर आम्दानी रु १००.७६ बाट रु १०३.३८, तरलता अनुपात १.९६ बाट २.७४ भएको छ ।

गत वर्ष प्राप्त कारोवारभन्दा यस वर्षको चैत्र मसान्तसम्मको कारोवार वृद्धिको मूख्य आधार भनेको नै कम्पनीका उत्पादनहरुको गुणस्तर, उत्पाकत्व वृद्धि, थप बजारीकरण, उत्पादित ब्राण्डको प्रतिष्ठा प्रति उपभोक्ताको पूर्ण विश्वास र व्यवस्थापन खर्चको उचित परिचालन र व्यवस्थापनको उच्च लगनशिलता नै भएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?