Comments Add Comment

हिट गीतको फिमेल भर्सनमा जमेको पल र मलिकाको जोडी

पछिल्लो समय नेपाली म्यूजिक भिडियोमा सर्वाधिक चर्चित मानिन्छ, नायक पल शाह र नायिका मलिका महत्तको जोडी । यो जोडीले ३ वटा गीतमा एकसाथ काम गरिसकेको छ ।

तर, रोचक कुरा के छ भने उनीहरुले काम गरेका तीनै वटा गीत पहिले नै हिट भैसकेका गीत हुन् । ‘फुलबुट्टे सारी, टाढा भएपनि र आँखैमा आउने सपनी’ बोलको गीतमा पल र मलिकाको जोडीलाई देख्न सकिन्छ । तीनैवटा गीतलाई केन्द्र मोशन पिक्चर्सले निर्माण गरेको हो ।

यी तिनै गीतको फिमेल भर्सनमा पल र मलिकाको जोडीले अभिनय गरेका छन् । यी तिनै गीतको मेल भर्सनले धमाका मच्चाइसकेका थिए । जसलाई केन्द्र मोसनले फिमेल भर्सन सार्वजनिक गर्यो र पल र मलिकाको जोडीलाई अभिनय गरायो । ‘फुलबुट्टे सारी र टाढा भएपनि’का फिमेल भर्सनले युटुबमा नयाँ नयाँ रेकर्ड बनाए । दर्शकले पल र मलिकाको जोडीलाई रुचाए पनि । तर, पल र मलिकाले नयाँ गीतमा अभिनय गरेर दर्शकको उल्लेख्य साथ पाउँछन् या पाउँदैनन् यो भने हेर्न बाँकी नै छ ।

‘फुलबुट्टे सारी’लाई मार्मिक लामाले गाइसकेका थिए । यो गीत हिट भएपछि मिलन नेवारको स्वरमा फिमेल भर्सन सार्वजनिक भयो । जसमा पल र मलिकाले अभिनय गरेका थिए ।

यस्तै, ‘टाढा भएपनि’लाई उर्गेन दोङले गाएका थिए । उनको स्वरमा नै यो गीत सुपरहिट भयो । पछि, अस्मिता अधिकारीले यो गीतमा स्वर भरिन् । पल र मलिकाले यो गीतको भिडियोमा काम गरे । सुपरहिट गीत फेरि चल्यो ।

शनिबार सार्वजनिक भएको ‘आँखैमा आउने सपनी’ बोलको गीतलाई एकदेव लिम्बुले सार्वजनिक गरेका हुन् । उनको स्वरमा नै यो गीत सुपरहिट भैसकेको थियो । यही गीतको फिमेल भर्सनलाई सुनिता थेगिमले गाइन् । यो गीतमा पल र मलिकाले अभिनय गरेका छन् । सुपरहिट भैसकेको गीतको फिमेल भर्सनले पनि दर्शकको माया पाइरहेको छ ।

मेल भर्सनमा हिट भएको गीतलाई फिमेल भर्सनमा केन्द्र मोसनले सार्वजनिक गरिरहेको छ । जसमा पल र मलिकाले अभिनय गरेका छन् । हिट भैसकेको गीतको नयाँ भर्सनमा मोडलिङ गरेर पल र मलिकाको जोडी पनि चर्चित बन्यो । तर, फ्रेस गीतमा यो जोडीलाई दर्शकले कती रुचाउने हुन्, यो भने हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment