Comments Add Comment

हिन्द महासागरमा खस्यो चीनको अनियन्त्रित रकेट

२६ वैशाख, काठमाडौं । चीनको सबैभन्दा ठूलो रकेट माल्दिभ्स नजिकैको हिन्द महासागरमा खसेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार अप्रिल २९ मा प्रक्षेपण गरिएको रकेट अनियन्त्रित भएको थियो ।

उक्त रकेट चीनको स्थानीय समयअनुसार आइतबार १०ः२४ मा पृथ्वीमा वायुमण्डलमा पुनः प्रवेश गरेको थियो । चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार वायुमण्डलमा पुनः प्रवेश गर्दा रकेटको अधिकांश भाग जलेको थियो र बाँकी रहेको भाग माल्दिभ्सको पश्चिमी क्षेत्रमा खसेको हो । उक्त रकेट अन्तरिक्षमा स्पेस स्टेसन निर्माणको लागि महत्वपूर्ण मोड्युल पृथ्वीको तल्लो कक्षमा पुर्‍याउने उद्देश्यका साथ प्रक्षेपण गरिएको थियो ।

अहिलेसम्म रकेट खस्दा जमिन वा समुद्री क्षेत्रमा कुनै नकारात्मक असर पुगेको वा नपुगेको भन्नेबारे कुनै समाचार आएको छैन । चिनियाँ रकेट पृथ्वीमा खसेको विषयमा अमेरिकाले चीनलाई जिम्मेवार नबनेको आरोप लगाएको छ । अमेरिकी रक्षामन्त्री लोयड औस्टिनले चीनले रकेट प्रक्षेपणको क्रममा लापरबाही गरेको आरोप लगाएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment