+
+
Shares

रौतहटमा थप ५९ जनामा संक्रमण पुष्टि, दुईजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २६ गते १६:५८

२६ वैशाख, रौतहट । रौतहटको गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा दुई संक्रमितको ज्यान गएको छ । उपचारको क्रममा रहेका २ जनाको आज ज्यान गएपछि रौतहटमा कोरोनाका कारण मृत्यस हुनेको संख्या १६ पुगेको हो ।

गए राति गौर नगरपालिका वडा नं. ५ की १० वर्षीया बालिका र गौर ३ का एक पुरुषको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । वैशाख १३ देखि २५ गते सम्ममा रौतहटका १६ जना संक्रमितले ज्यान गुमाइ सकेका छन् ।

यसै गरी गौर अस्पतालमा गरिएको स्वाब परीक्षणमा आइतबार मात्रै रौतहटमा ५९ जनामा संक्रमण पुष्टि भएको छ । गौर अस्पतालको पीसीआर ल्याबमा भएको १ सय १३ जनाको परीक्षणमा ५९ जनामा संक्रमण पुष्टि भएको गौर अस्पतालले जनाएको छ ।

आइतबार थपिएकामध्ये सबैभन्दा बढी २२ जना परोहा नगरपालिकाका छन् भने गौर नगरपालिकाका १९ जनामा संक्रमण देखिएको छ । शनिबार मात्रै रौतहटमा ४८ नयाँ संक्रमित थपिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?