Comments Add Comment

अतिआवश्यक गाडीहरुको आकस्मिक मर्मतका लागि सिप्रदीको टोल फ्रि नम्बर

कोभिड-१९ संक्रमणको रोकथाम गर्न विभिन्न जिल्ला प्रशासन कार्यालयहरुबाट अतिआवश्यक गतिबिधिबाहेक सम्पूर्ण क्रियाकलापहरु निषेध गरी जारी गरिएको आदेशलाई ध्यानमा राख्दै सिप्रदीको सबै शाखाहरु बन्द छन् ।

तर, पनि राष्ट्रको स्वास्थ्य, सुरक्षा तथा अत्यावश्यक सवारी साधनहरुलाई कुनै पनि किसिमको आकस्मिक मर्मत सेवा दिईरहेको जानकारी कम्पनीले दिएको छ । हाल सिप्रदीले एम्बुलन्स, आकस्मिक स्वास्थ्य सेवातथा सुरक्षामा खटिएका सवारीसाधनहरुलाई सेवा दिइरहेको छ ।

यस आपतकालीन समयमा पनि कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, ईन्जिन आयल वा ब्याट्री सम्बन्धि सेवा चाहिएमा, सिप्रदीको टोल फ्रि नम्बरमा सम्पर्क गर्न सकिनेछ । यो सेवा अतिआवश्यक सेवा प्रदान गरिरहेका गाडीहरुलाई २४औं घण्टा सेवामा समर्पित छ ।

केही परि आएको अवस्थामा १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । यसका साथै अन्य जानकारीको लागि सिप्रदीको २४ विभिन्न स्थानबाट सेवाका लागि परिचालित ्रा डेडिकेटेड अधिकारीहरूलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ ।

‘सिप्रदी आफ्ना ग्राहक, कर्मचारी, डिलर, रिटेलर, प्राविधिक र समुदायको सुरक्षाका निम्ति सदैव सजग छ र जस्तोसुकै विषम परिस्थितिमा सेवाप्रदान गर्ने हाम्रो प्रतिबद्धताअनुरुप सेवाप्रदान गर्न तत्पर छ,’ कम्पनीले भनेको छ ।

अब सिप्रदीकाग्राहकहरुले सिप्रदी एप्स डाउनलोड गरेर पनि सर्भिस बूकिङ गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment