
२६ वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा आइतबार एकैदिन कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।
सुर्खेतका पाँचजना, सुल्यानका दुईजना र दैलेखका एकजना गरी ८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक डा. रवीन खड्काले जानकारी दिए ।
निमित्त निर्देशक खड्काका अनुसार प्रदेश अस्पताल सुर्खेतमा वीरेन्द्रनगर नगरपालिका–६ र १० का ५८ र ७० वर्षीय पुरुष, गुर्भाकाेट नगरपालिका – ४ र ६ का ८४ र ४६ वर्षीय पुरुष र गुर्भाकाेट -८, कै ६२ वर्षीया महिलाको मेहेलकुना अस्पताल सुर्खेतमा मृत्यु भएको छ ।
त्यस्तै हाेम आसाेलेसनमा रहेका कपुरकाेट गाउँपालिका -३ र सिद्दकुमाख गाउँपालिका –२ सल्यानकी ४० र ४२ वर्षीया दुईजना महिलाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
आइतबार नै नारायण नगरपालिका –८, दैलेखका ७० वर्षीय पुरुषको उपचारकै क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएकाे छ ।
योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुँनेको संख्या ९० पुगेको निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया 4