Comments Add Comment

करिश्मा भन्छिन्–‘पारिश्रमिकमा महिला कलाकारमाथि विभेद छ’

नायिका करिश्मा मानन्धरले नेपाली चलचित्र क्षेत्रमा पारिश्रमिकको बिषयमा महिला कलाकारमाथि विभेद रहेको उल्लेख गरेकी छिन् । नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)मा बोल्दै उनले नायकको तुलानामा नायिकाले कम पारिश्रमिक पाउने गरेको बताएकी हुन् । उनले पारिश्रमिकमा विभेद हुनु दुःखको कुरा भएको पनि बताइन् ।

‘नेपाली चलचित्रमा महिला सहभागीता’ शिर्षकमा बोल्ने क्रममा करिश्माले केही महिला कलाकारले पारिश्रमिक राम्रो पाउने गरेको सुनिएपनि सबैमा यो लागू हुन नसकेको उल्लेख गरिन् ।

उनले भनिन्–‘कामको मामालामा त हामी पुरुष सरह नै आइसकेका छौं । तर, अझै नायकभन्दा नायिकाले कम पारिश्रमिक पाउने गरेका छन् । यो अन्याय हो । यति महिलाले पुरुष जतिकै मिहिनेत गरेको छ भने पारिश्रमिक पनि बराबर हुनुपर्छ । चलचित्र क्षेत्रमा सबैलाई समान नजरले हेर्नुपर्छ ।’

निर्देशक दीपाश्री निरौलाले भने पारिश्रमिकमा विभेद पितृसत्ताक सोचको उपज भएको बताइन् । उनले, यो रोग चलचित्र क्षेत्रमा मात्र नभएर अन्य क्षेत्रमा पनि भएको बताइन् । उनले, सबै महिला कलाकारको हकमा राम्रो पारिश्रमिक लागू हुन नसकेको बताइन् । सम्पादक तथा निर्देशक रक्षा सिंह राणाले भने पारिश्रमिकको मामालामा आफूले विभेद सहनु नपरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment