+
+
Shares

रौतहटमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २७ गते ११:१४

२७ वैशाख, रौतहट । कोरोना संक्रमणका कारण रौतहटमा २ जनाको ज्यान गएको छ । गएराति एकजना र सोमबार बिहान एकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

गएराति रौतहटको प्राथमिक स्वास्थ्य केन्द्र कटहरीयामा उपचारका क्रममा वडा नं. ९ का ४८ वर्षीय एक पुरुषको मृत्यु भएको थियो भने सोमबार बिहान गौरमा रहेको अस्थायी कोविड अस्पतालमा सर्लाही बलरा ३ की ५६ वर्षिया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

रौतहटमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । हिजो मात्रै रौतहटका २ जनाको गौरमा र १ जनाको नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?