+
+
Shares

गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्‍यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २७ गते १२:०५

२७ वैशाख, काठमाडौं । गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्‍यु भएको छ । मृत्‍यु हुनेमा म्‍याग्दी र पर्वतका एक-एक जना रहेका छन् ।

म्‍याग्दी अन्नपूर्ण गाउँपालिकाका ७२ वर्षीय कोरोना संक्रमित पुरूषको बेनी अस्पतालमा उपचारको क्रममा वेशाख २६ गते दिउँसो ३ बजे मृत्‍यु भएको छ । उनलाई २६ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पर्वत कुश्मा नगरपालिका-४का ६७ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वैशाख २७ गते विहान ७: १० बजे मृत्‍यु भएको छ। उनलाई वैशाख २२ गते कोरोनजा संक्रमण पुष्टि भएको थियो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या २६५ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?