+
+
Shares

भालुको आक्रमणबाट दम्पती घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २७ गते १६:५८

२७ वैशाख, काठमाडौं । पर्सामा भालुको आक्रमणबाट एक दम्पती घाइते भएका छन् । घाइते हुनेमा ठोरी गाउँपालिका–३ रामनगरका ६२ वर्षीय हरिलाल पकवाल र उनकी ५६ वर्षीया श्रीमती विष्णुमाया रहेकी छन् ।

घरनजिकैको रामबुद्ध सामुदायिक वनमा घाँस काट्न जानेक्रममा दम्पतीलाई सोमबार दिउँसो करिब १२ बजेतिर भालुले आक्रमण गरेको निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिए । घाइते दुवैजनाको स्थानीय मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए ।

घाँस काटिरहेको समयमा एक्कासी भालुले आक्रमण गर्दा दुवै जनाको हात तथा खुट्टामा चोट लागेको उनले बताए ।

यसअघि पनि बाघको आक्रमणमा परी एकजना स्थानीय घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?