+
+
Shares

पुमोरी हिमालको चुचुरोमा पुगे ६ आरोही

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २७ गते १८:५६
प्रतिकात्मक तस्वीर

२७ वैशाख, काठमाडौं । जारी हिमाल आरोहणको दौरान पुमोरी हिमाल (७१६१ मिटर)मा आज सफल आरोहण भएको छ । पर्यटन विभागका अनुसार आज यो हिमालमा दुई भारतीय र चार जना नेपालीले सफल आरोहण गरेका छन् । आरोही टोली २ः३० मा चुचुरो पुगेको थियो ।

यो हिमाल चढ्न यस सिजनमा २ समुहका ९ जना सदस्यले आरोहण अनुमति लिएको विभागको तथ्यांक छ ।

अहिले सगरमाथासहित १६ हिमाल चढ्न ७४२ जना आरोही हिमालमा रहेका छन् । अनुकुल मौसम हेरे आरोहीबाट धमाधम आरोहण शुरु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?