२७ वैशाख, धनगढी । पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कैलाली, कञ्चनपुर, बाजुरा, डोटी र बैतडीका गरी १७ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
निर्देशनालयका अनुसार कैलालीका सबैभन्दा धेरै ८ जना, कञ्चनपुरका ५ जना, बाजुराका २ जना र डोटी तथा बैतडीका १/१ जना संक्रमितको मृत्यु भएको छ ।
यस्तै २४ घण्टामा प्रदेशभर ६८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट एक हजार ४४१ जनाको परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4