Comments Add Comment

संक्रमितको उपचारमा प्रदेश १ सरकार चुकेको संसदीय समितिको निष्कर्ष

२७ वैशाख, विराटनगर । प्रदेश १ को प्रदेशसभाको सामाजिक विकास समितिले कोरोना महामारी रोकथाम र नियन्त्रणको पूर्वतयारीमा प्रदेश सरकार चुकेको निष्कर्ष निकालेको छ । समितिले संक्रमितको अवस्था र अस्पतालको अध्ययनपछि प्रदेश सरकार चुकेको निष्कर्ष निकालेको हो ।

समितिले झापा मोरङ र सुनसरीका अस्पतालको अनुगमन गरेको थियो । समिति सभापति सरिता थापाले भनिन्, ‘महामारीमा सरकारको तयारी सुस्त छ’ थापाले भनिन्, ‘भोलि नै समितिको छलफलपछि सरकारलाई बुँदागत रुपमा निर्देशन दिन्छौं ।’

समिति सदस्य तथा नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीका अनुसार सङ्क्रमितले उपचार नपाइरहेको अवस्थामा सरकारले आफ्नो क्षेत्राधिकारभित्रको काम पनि गरेको छैन ।

संक्रमितले बेड नपाएर छटपटाइरहेको अवस्थामा प्रदेश सरकार आफ्नै अस्पताल बन्द गरेर बसेको बताए । ‘प्रदेश सरकारले ८० बेडको आफ्नै अस्पताल बन्द गरेको छ । चलाएको भए ठूलो राहत मिल्थ्यो’ उनले भने,‘ निजी अस्पताललाई पनि निर्देशन दिनुपर्ने दिएको छैन ।’

अनुगमनका क्रममा अस्पताल सञ्चलकहरुले बेड अभाव भएको, औषधि नपाएको र अक्सिजन अभाव भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment