 
																			२८ वैशाख, काठमाडौँ। नेपाल मेडिसिटी अस्पतालले कोभिड १९ संक्रमणका जटिल स्थितिका विरामीहरुको नयाँ भर्ना नलिने जानकारी गराएको छ । अस्पतालले मंगलबार सूचना जारी गर्दै तत्कालको परिस्थितिमा अक्सिजनको अभाव भएको भन्दै भर्ना नलिने जानकारी गराएको हो।
अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ अहिलेको विषम परिस्थितिका कारण सिर्जना भएको अक्सिजन अभाव लगायत अन्य समस्याका कारण कोभिड १९ संक्रमणका जटिल स्थितिका विारमीहरुको नयाँ भर्ना लिन अस्पताल असमर्थ रहेको र हाल उपचाररत विरामीहरुलाई समेत अक्सिजन अभावमा यस अस्पतालमा उपचार गर्न नसकिने अवस्था निर्माण हुन सक्ने व्यहोरा सम्बन्धित निकायलाई प्रस्तुत गर्दछौ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4